२०८३ साउन २१ गते बिहीबार

संघीय संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १० गते बुधबार ०८:४३

बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने कार्यसूची छ ।

काठमाडौं

संघीय संसदको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९’ पेस गर्ने कार्यसूची छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले उक्त प्रतिवेदन पेश गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने पनि कार्य सूची छ ।

प्रकाशित मिति २०७९ फागुन १० गते बुधबार ०८:४३
हजुरको प्रतिक्रिया