२०८३ साउन २१ गते बिहीबार

‘न्यायालयलाई गल्ती गर्ने अधिकार छैन’

‘न्यायालयलाई गल्ती गर्ने अधिकार छैन’

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन १९ गते शुक्रबार ०१:२३

उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै शुक्रबार पोखरामा विरोध प्रर्दशन भएको हो । उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर शन्तिपूर्ण विरोध प्रदर्शन गरे ।

पोखरा

बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाह (पूर्णविक्रम) लाई उच्च अदालत पोखराले सफाइ दिएपछि पोखरामा विरोध प्रदर्शन भएको छ । सचेत नागरिकले उच्च अदालत पोखराको प्रवेशद्धारमा शुक्रबार दिउँसो १ घण्टा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।

नाबालिग बलत्कार अभियोग लागेका शाहलाई आइतबार उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत नवलपुरको आदेश उल्ट्याउँदै अभियोग दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको छ । तनहुँ कारागारमा रहेका शाह सोमबार थुनामुक्त भइसके ।

शाहले सफाइ पाएसँगै अदालतको निर्णयको कतै स्वागत त कतै आलोचना भइरहेको छ । उच्च अदालतले यौन दुर्व्यवहारलाई सामन्यिकरण गरेको भन्दै शुक्रबार पोखरामा विरोध प्रर्दशन भएको हो । उच्च अदालत पोखराको प्रवेशद्धारमा केही युवायुववती भेला भएर शन्तिपूर्ण विरोध प्रदर्शन गरे ।

विरोध प्रदर्शनमा सहभागीले ‘न्यायलयले गल्ती गर्ने अधिकार छैन’, ‘पितृसत्ताको पहरेदार बनेको न्यायलय होसियार’, ‘न्यायलयले नै अन्याय गर्दा न्यायको अपिल कहाँ गर्ने ?’, ‘पोलेर बोलेको’, ‘बलत्कारलाई प्रबद्र्धन गर्ने संस्कार बन्द गरौं’, लगायतको पम्पलेट बोकेका थिए ।

न्यायलयले गरेको गल्ती सच्याउन माग राख्दै विरोध प्रदर्शन गरेको सहभागी सलिजा श्रेष्ठले बताइन् । फागुन १४ गते उच्च अदालत पोखराले पूर्णविक्रम शाहलाई सफाइ दिएर गलत गरेको उनको जिकिर छ । ‘नवलपूर जिल्ला अदालतले बाल यौन दुराचारको अभियोगमा साढे २ वर्षको सजायको फैसला सुनाएको थियो । तर, यहाँ (उच्च अदालत) बाट त्यो फैसलालाई बदर गरियो । यदि उहाँ गलत हुनुहुन्थेन भने बालयौन दुराचार अभियोग पनि लाउने थिएन नि त’, उनले भनिन् ।

एक नाबालिग गायिकाको अभिभावकले तनहुँ प्रहरीमा गत वर्षको फागुन ११ गते शाह विरुद्ध उजरी दिएका थिए । शाहले फागुन १४ गते तनहुँ प्रहरीमा आत्मासमर्पण गरेका थिए । नवलपूरमा पनि सोही मुद्वामा उजुरी परेको थियो ।

नवलपुर अदालतले शाहलाई बलात्कार मुद्दामा सफाइ दिँदै भदौ २१ गते बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । दुवै पक्षले नवलपूर अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । माघ ३ गते तनहुँ अदालतले भने शाहलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन १९ गते शुक्रबार ०१:२३
हजुरको प्रतिक्रिया