२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री दाहालविरुद्धको रिट सुनुवाइको पेसी सर्‍यो

प्रधानमन्त्री दाहालविरुद्धको रिट सुनुवाइको पेसी सर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २५ गते बिहीबार ०२:४३

न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो।

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट सुनुवाइको पेसी सरेको छ । न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको हो ।

निवेदक कल्याण बुढाथोकीले आज सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको बताए । न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो।

प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए।

सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए।

 

प्रकाशित मिति २०७९ फागुन २५ गते बिहीबार ०२:४३
हजुरको प्रतिक्रिया