२०८३ साउन २१ गते बिहीबार

प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्चले भन्योः अन्तरिम आदेश जारी गनुपरेन

प्रचण्डविरुद्ध परेको रिटमा सर्वोच्चले भन्योः अन्तरिम आदेश जारी गनुपरेन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २६ गते शुक्रबार ०४:५४

पाेखरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन नपर्ने जनाएकाे छ । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश अस्वीकार गर्दै प्रचण्डमाथि कारण देखाउ आदेश जारी...

पाेखरा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्च अदालतले कुनै पनि अन्तरिम आदेश दिन नपर्ने जनाएकाे छ । न्यायाधीस ईश्वर खतिवडाको एकल इजलासले अन्तरिम आदेश अस्वीकार गर्दै प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको हाे ।

संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो, निवेदकको माग बमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरिएको छ ।

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयम्ले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न आदेशमा भनिएको छ ।

प्रकाशित मिति २०७९ फागुन २६ गते शुक्रबार ०४:५४
हजुरको प्रतिक्रिया