२०८३ साउन २१ गते बिहीबार

भोलि रातिदेखि थप १५ दिन विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने

भोलि रातिदेखि थप १५ दिन विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २७ गते शनिबार ११:२०

पुथ्वी राजमार्गको आँबुखैरेनी पोखरा सडक खण्डलाई दुई खण्डमा विभाजन गरेर ४ लेनको काम अगाडि बढेको छ ।

पोखरा  

पृथ्वी राजमार्गअन्तर्गत विमलनगरदेखि घाँसीकुवासम्मको पूर्वी सडकखण्ड थप १५ दिनसम्म बन्द हुने भएको छ ।

सडकखण्ड आईतबार फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ४ घण्टा बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधानबाहेक अन्य सवारीसाधनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

सडक विस्तारको कामलाई द्रुत गतिमा बढाउनका लागि जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर रातीको समयमा ४ घण्टा बन्द गर्न लागिएको हो । पुथ्वी राजमार्गको आँबुखैरेनी पोखरा सडक खण्डलाई दुई खण्डमा विभाजन गरेर ४ लेनको काम अगाडि बढेको छ ।

निकै सुस्त गतिमा भएको काम अहिले सडकको भित्तो काट्ने, रिटेन्सन पर्खाल लगाउने, नाली, पुल र डाइभर्सन बनाउने काम भइरहेको छ । यसअगाडी पनि फागुन १८ गतेदेखि १० दिनसम्म दैनिक ४ घण्टा सडक बन्द गरिएको थियो ।

प्रकाशित मिति २०७९ फागुन २७ गते शनिबार ११:२०
हजुरको प्रतिक्रिया