२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेलले लिए शपथ

राष्ट्रपति पौडेलले लिए शपथ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ फागुन २९ गते सोमबार ०१:४१

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् ।

काठमाडौं

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमवार दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथग्रहण गरेका हुन् ।

निःवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थियो । सो अवसरमा राष्ट्रपति पौडेललाइ नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । साथै नेपाली सेनाको एक टुकडीले निःवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ ।

साथै निःवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । निवर्तमान: राष्ट्रपति विद्यादेवी भण्डारीको आज नै विदाई गरिएको छ । दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारीको शितलनिवासबाट आज विदा गरिएको हो ।

प्रकाशित मिति २०७९ फागुन २९ गते सोमबार ०१:४१
हजुरको प्रतिक्रिया