२०८३ साउन २१ गते बिहीबार

पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही

पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत १ गते बुधबार ०८:१७

‘दृश्यात्मक उडानमा बालदभित्र उडान गर्ने २ जना वायुयान चालकलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरी थप छानबिन प्रक्रिया अघि बढाइएको छ’, प्राधिकरणले उल्लेख गरेको छ ।

बादलभित्र जोखिम मोलेर उडान भरेको नागरिक उड्डयन प्राधिकरणको भनाइ

पोखरा

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ ।

प्राधिकरणले दृश्यात्मक उडान (भीएफआर)मा बादलभित्र उडान गर्ने दुई पाइलटलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरेको हो । यसबारे छानबिन गरिरहेको प्राधिकरणले जनाएको छ ।

‘दृश्यात्मक उडानमा बालदभित्र उडान गर्ने २ जना वायुयान चालकलाई अर्को आदेश नभएसम्म उडानमा निलम्बन गरी थप छानबिन प्रक्रिया अघि बढाइएको छ’, प्राधिकरणले उल्लेख गरेको छ । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार पोखरा–जोमसोम उडान गर्ने पाइलटले भीएफआर उडानमा बादलभित्र उडान गर्दा कारबाहीमा परेका हुन् । आईएफआर उडानमा बादलभित्र उडान गर्न पाइने भए पनि भीएफआरमा उडान गर्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ ।

भीएफआर आखाले बाहिरको पूरा दृश्य हेरी उडान गर्नु हो भने आईएफआर उपकरणको भिजिबिलिटीमा उपकरणको सहायता लिनु हो । गत जेठमा पोखरा जोमसोम उडानको क्रममा जहाज दुर्घटना भएसँगै मौसम खराब हुँदा कडाइ गर्दै आएको छ । पोखरा जोमसोम उडान समिट र तारा एयरले उडान गर्दै आएका छन् ।

प्रकाशित मिति २०७९ चैत १ गते बुधबार ०८:१७
हजुरको प्रतिक्रिया