२०८३ साउन २१ गते बिहीबार

भोलि शतप्रतिशत सांसदको मत पाउने प्रधानमन्त्री दाहालको विश्वास

भोलि शतप्रतिशत सांसदको मत पाउने प्रधानमन्त्री दाहालको विश्वास

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत ५ गते आइतबार ०६:१४

आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), रास्वपाले विश्वासको मत दिने

काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सोमवारको प्रतिनिधि सभा बैठकबाट शत प्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताएका छन् ।

आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमवार (भोलि) सय प्रतिशत सांसदहरुको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताएका हुन् ।

उनले पहिला ९९.२५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उनले सोमवार सय प्रतिशत पुग्ने आशा व्यक्त गरे । उनले भने – ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’

प्रधानमन्त्री दाहालले सोमवारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उनलाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।

प्रकाशित मिति २०७९ चैत ५ गते आइतबार ०६:१४
हजुरको प्रतिक्रिया