काठमाडौं
प्रतिनिधि सभाको खाली रहेका ३ क्षेत्रमा आगामी वैशाख १० गते उपचुनाव हुने भएको छ तनहुँ १, बारा २ र चितवन २ मा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उप–निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आग्रह गरेको हो । आगामी आइतबारसम्म दल दर्ताको समय तोकिएको छ ।
गत मंसिर ४ भएको निर्वाचनमा तनहुँ एक बाट निर्वाचित राचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन २ बाट निर्वाचि रवि लामिछानेको नागरिकता विवादले सांसद पद खारेज भएपछि उपचुनाव हुन लागेको हो ।
आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ ।
प्रकाशित मिति २०७९ चैत ७ गते मंगलबार ०८:२०