पोखरा । उपनिर्वाचन हुने तीन वटै निर्वाचन क्षेत्रको मतदाता संख्या बिहीबार सार्वजनिक भएको छ ।
स्वीकृत नामावली र संख्याअनुसार तनहुँ-१ मा मतदाता संख्या १८५ मतदाता घटेर १ लाख २३ हजार ३०५ पुगेको छ । चितवन-२ मा ४७० थपिएर १ लाख २४ हजार ६९५ मतदाता पुगेका छन् । बारा २ मा २३७ जना थपिएर १ लाख ५ हजार २४८ जना रहेको आयोगले जनाएको छ ।
मंसिर ४ को निर्वाचनमा चितवन–२ मा १ लाख २४ हजार २१५, बारा–२ मा १ लाख ५ हजार ११ र तनहुँ–१ मा १ लाख २३ हजार ४९० मतदाता थिए ।
देशभर १० हजार ८९२ मतदान स्थल र २२ हजार २३७ मतदान केन्द्र रहने छन् । उपनिर्वाचन हुने तीन जिल्लाका लागि १९४ मतदान स्थल र ४२७ मतदान केन्द्र कायम भएको छ ।
तनहुँ-१ मा ६९ मतदानस्थलमा १५२ मतदान केन्द्र, चितवन २ मा ४३ वटा मतदानस्थलमा १३८ मतदान केन्द्र र बारा २ मा ८२ मतदानस्थलमा १३७ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
प्रकाशित मिति २०७९ चैत १६ गते बिहीबार ०६:४४