२०८३ साउन २१ गते बिहीबार

वडाको कामः घर निर्माणदेखि बिजुलीसम्म निःशुल्क

वडाको कामः घर निर्माणदेखि बिजुलीसम्म निःशुल्क

सुमनजङ्ग थापा

@Public 4K Tv

२०७९ चैत १९ गते आइतबार ०६:०९

वडाका ३५० घरधुरीको बिजुलीको मासिक शुल्क पनि वडा कार्यालयले व्यहोर्दै आएको उनले बताए ।

पर्वत

पर्वतको पैयूँ गाउँपालिका–५ वडा कार्यालयले वडाबासीको घर निर्माणदेखि बिजुली विल तिर्ने गरेको छ । निर्वाचित भएपछि वडाध्यक्ष नारायण भुर्तेलले गाउँमा घर नभएकाको घर बनाइदिने बताएका थिए । वाचा अनुसार अति विपन्न परिवारलाई तीन वटा घर निर्माण र शौचालय नभएका दश घरमा शौचालय निर्माण गरेको वडाध्यक्ष भुर्तेलले बताए ।

वडाका ३५० घरधुरीको बिजुलीको मासिक शुल्क पनि वडा कार्यालयले व्यहोर्दै आएको उनले बताए । ‘वडावासीहरूले घरमा बत्ती बालेबापत न्यूनतम शुल्क तिर्दै आउनु भएको थियो । तर, हामी निर्वाचित भएर आएदेखि उहाँहरूले तिर्ने रकम वडाले तिर्दै आएको छ’, उनले भने, ‘नागरिकले थोरै रकम तिर्नको लागि झन्झट र अनावश्यक समय खर्च हुने देखेपछि वडाले तिर्न थालेको हो ।’

वडाध्यक्ष भुर्तेलका अनुसार वडावासीहरूले पैयूँ क्षेत्र ग्रामीण सामुदायिक विद्युतमा वार्षिक २ लाखको हाराहारीमा विद्युत् महसुल शुल्क बुझाउँदै आएका थिए ।

प्रकाशित मिति २०७९ चैत १९ गते आइतबार ०६:०९
हजुरको प्रतिक्रिया