२०८३ साउन २१ गते बिहीबार

सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी

सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २२ गते बुधबार ०८:२६

उनको मुद्दालाई छिटो सकाउन सर्वाेच्च अदालतले आदेश दिएपनि अन्तिम फैसला अझै हुन सकेको छैन ।

काठमाडौं

नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

उनको मुद्दालाई छिटो सकाउन सर्वाेच्च अदालतले आदेश दिएपनि अन्तिम फैसला अझै हुन सकेको छैन ।

लामिछानेले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको आरोप नाबालिग बालिकाले आरोप लगाएकी छन् । पीडितका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो ।

प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०८:२६
हजुरको प्रतिक्रिया