२०८३ साउन २१ गते बिहीबार

हिमपहिरोमा परेर भारतको सिक्किममा ३ नेपालीको मृत्यु

हिमपहिरोमा परेर भारतको सिक्किममा ३ नेपालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २२ गते बुधबार ०९:५०

पोखरा भारतको सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु भएको छ । घटनामा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । १३ जना घाइते भएकोमा ३ जना नेपाली रहेका छन् । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने, २२ वर्षीया आशिका ढकाल र रुपन्देहीका...

पोखरा

भारतको सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीको मृत्यु भएको छ । घटनामा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ । १३ जना घाइते भएकोमा ३ जना नेपाली रहेका छन् । मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने, २२ वर्षीया आशिका ढकाल र रुपन्देहीका २८ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन् । हिमपहिरोमा परी घाइते भएका १३ जना मध्य नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनाल छन् । उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको हो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो ।  चीनसँग सिमाना जोडिएको नाथुला भारतको महत्वपूर्ण हिमाली नाकाहरुमध्ये एक हो भने पर्यटकीय गन्तव्य पनि भएको यो क्षेत्र गान्तोकबाट करिब ५५ किलोमिटरको दूरीमा पर्दछ । एक्साभेटर लगाएर हिउँ पन्छाइएको थियो ।

 

प्रकाशित मिति २०७९ चैत २२ गते बुधबार ०९:५०
हजुरको प्रतिक्रिया