२०८३ साउन २१ गते बिहीबार

गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

गण्डकीसहित ३ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ चैत २३ गते बिहीबार ०७:०२

पाेखराकाे माैसम सफा छ । अहिले पाेखरामा घाम लागेको छ । 

पोखरा

देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । गण्डकीसहित कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । पाेखराकाे माैसम भने सफा छ । अहिले पाेखरामा घाम लागेको छ ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भूभाग लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 

प्रकाशित मिति २०७९ चैत २३ गते बिहीबार ०७:०२
हजुरको प्रतिक्रिया