२०८३ साउन २१ गते बिहीबार

तीनवटै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण

तीनवटै क्षेत्रको उपनिर्वाचन शान्तिपूर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १० गते आइतबार ०५:४३

मतगणना आजैदेखि सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

पोखरा

प्रतिनिधिसभाको उपनिर्वाचन तीन वटै क्षेत्रमा मतदान छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार बिहान ७ बजेदेखि अहिले ५ बजेसम्म मतदान भएको हो ।

मतगणना आजैदेखि सुरु गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

रामचन्द्र पौडेल राष्ट्रिपतिमा निर्वाचित भएपछि तनहुँ–१ र रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा सांसद पद रिक्त थियो । अवैध नागरिकताका कारण सर्वोच्चले रवि लामिछानेको सांसद पद खारेज गरेपछि चितवन–२ को सांसद पद पनि रिक्त रहेको थियो ।

निर्वाचन आयोगले यी तीनै क्षेत्रमा आइतबार एकैसाथ उपनिर्वाचन गराएको हो ।

चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ । यता तनहुँमा ५२ प्रतिशत तथा बारामा ६० प्रतिशत मत खसेको छ ।

 

प्रकाशित मिति २०८० वैशाख १० गते आइतबार ०५:४३
हजुरको प्रतिक्रिया