काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको पद मुक्त भएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उनको सांसद पद रिक्त रहेको जानकारी गराएका हुन् । घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद श्रेष्ठलाई पदमुक्त गराउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सोही निर्णय बमोजिम श्रेष्ठको पद रिक्त भएको सभामुख घिमिरेले बताए । उनले राजनीतिक दलसम्बन्धि ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको संसदमा जानकारी गराएका हुन् ।
श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य थिए । घुस मागेको अडियो प्रकरण बाहिरिएसँगै उनको सांसद पद गुमेको छ ।
प्रकाशित मिति २०८० वैशाख १२ गते मंगलबार ०४:५८