२०८३ साउन २१ गते बिहीबार

लुम्बिनीको नयाँ मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरी

लुम्बिनीको नयाँ मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १४ गते बिहीबार ०७:३५

काठमाडौं । गण्डकी पछि लुम्बिनी प्रदेशमा पनि नेपाली काँंग्रेसले मुख्यमन्त्री पद पाएको छ । लुम्बिनीमा काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार दिउँसो प्रदेश सरकारको नेतृत्वमा दावी...

काठमाडौं । गण्डकी पछि लुम्बिनी प्रदेशमा पनि नेपाली काँंग्रेसले मुख्यमन्त्री पद पाएको छ । लुम्बिनीमा काँग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । बिहीबार दिउँसो प्रदेश सरकारको नेतृत्वमा दावी पेश गरेको काँग्रेसले ५३ सांसदको समर्थनमा डिल्ली चौधरीलाई मुख्य मन्त्री बनाएको हो ।

नेकपा एमालेका लीला गिरीले विश्वासको मत लिन नसकेपछि उनको सरकार ढलेको थियो । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि गिरी सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेपछि चौधरीले बिहीबार आफ्नो दावी पेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा चौधरी मुख्य मन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख शेरचनले चौधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्ंत्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

चैत १२ गते समर्थन गरेका दलहरुले समर्थन फिर्ता लिए संगै अल्पमतमा परेर विस्वासको मत पाउन नसकेपछि बैसाख ११ गते यस अघिका मुख्य मन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको थियो ।

हाल मुख्यमन्ंत्री नियुक्त भएका चौधरीले नेपाली कांँग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३÷३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १÷१, जना गरी ५३ जना प्रदेशसभा सदस्यहरुले समर्थन गरेका थिए । मुख्यमन्त्री नियुक्त भएका चौधरीलाई भोलि शुक्रबार १५ सपथ खुवाउने तयारी प्रदेश प्रमूख कार्यालयले गरेको छ ।

दाङ क्षेत्र नम्बर ३ क बाट गत मंसिरको प्रदेश सभा निर्वाचन जितेका चौधरी यस अघिको लुम्बिनी प्रदेशसभामा पनि मन्त्री बनेका थिए भने २०७० सालमा प्रतिनिधिसभामा निर्वाचित भएर राज्य मन्त्रीको जिम्मेवारी संहालेका थिए ।

गैरसरकारी संस्थामा क्रियाशील हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री चौधरी कमैया परिवारबाट उठेका व्यक्ति हुन् ।

प्रकाशित मिति २०८० वैशाख १४ गते बिहीबार ०७:३५
हजुरको प्रतिक्रिया