२०८३ साउन २१ गते बिहीबार

गण्डकीका ७ स्रष्टालाई सम्मान

गण्डकीका ७ स्रष्टालाई सम्मान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १६ गते शनिबार ०७:१६

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका अम्मर गुरुङ ‘पोखरेली’, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङ सम्मानित भए ।

पोखरा

गण्डकी प्रदेशका ७ जना स्रष्टा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।

गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका अम्मर गुरुङ ‘पोखरेली’, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका आलोक गुरुङ सम्मानित भए । उनीहरुलाई जनही १ लाख रुपैयाँले सम्मान गरिएको हो ।

गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित भएकी छन् । उनलाई ५० हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

गण्डकी प्रज्ञा युवा सम्मानबाट मोतीबहादुर कार्की ‘परिवर्तन’ र लक्ष्मी थापा सम्मानित भए । यो सम्मानको राशी २५ हजार रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले स्रष्टा छनोट गरेको थियो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोकदोहोरी गायिका हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य थिए ।

प्रकाशित मिति २०८० वैशाख १६ गते शनिबार ०७:१६
हजुरको प्रतिक्रिया