पोखरा
पोखरसहित देशको मौसम बदलिएको छ । देशभर आंशिकदेखि सामान्य बदली भएको छ । गण्डकीप्रदेशसहित लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक÷दुई मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
मौसम बदलिएसँर्गै पोखरामा अहिले छिटफुट पानी परेको छ । पोखराको आकाशमा बादल मडारिएको छ । घाम नलाग्दा केही चिसोको महसुस भएको छ । विगत २४ घण्टामा पोखरामा एक मिलिमिटर पानी परेको छ ।
पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन केही दिन लाग्ने छ । सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई–मधेशका एक–दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।
प्रकाशित मिति २०८० वैशाख १७ गते आइतबार ०९:३४