२०८३ साउन २१ गते बिहीबार

मजदुर दिवसमा र्‍याली प्रदर्शन

मजदुर दिवसमा र्‍याली प्रदर्शन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० वैशाख १८ गते सोमबार ०९:०१

रयालीमा सहभागीहरुले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर , जिउन पुग्ने ज्याला व्यवस्था गर लगायतका नारावाजी गरेका थिए ।

पोखरा । १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरामा र्‍याली प्रदर्शन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा र्‍याली प्रदर्शन गरिएको हो । जिफन्ट कार्यालय हङकङ बजारदेखि सुरु भएको र्‍याली पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक हुँदै पुनः सभागृहचोकहुँदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको छ ।

रयालीमा सहभागीहरुले सबै क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गर, तालिमेलाई तलबको व्यवस्था गर, जिउन पुग्ने ज्याला व्यवस्था गर, १० प्रतिशत सेवा शुल्क कायम गर, बढ्दो महंगी नियन्त्रण गर, मर्यादित कामको ग्यारेन्टी लगायतका प्लेक कार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए । कोण सभा अहिले पृथ्वीचोकमा जारी छ । सभामा एमालेका सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । जिफन्ट गण्डकीका अध्यक्ष रुद्र खत्रीको अध्यक्षतमा कार्यक्रम भइरहेको छ ।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ । श्रमिक दिवसको अवसरमा पोखरामा पनि विभिन्न श्रमिकसँग सम्बन्धित संघ संस्थाले कार्यक्रम गरी मनाउँदैछन् ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्की ७ औं अधिवेशन आज पोखरामा हुँदैछ । मजदुर दिवसको अवसरमा पारेर आयोजना गरिएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियारले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति २०८० वैशाख १८ गते सोमबार ०९:०१
हजुरको प्रतिक्रिया