२०८३ साउन २१ गते बिहीबार

निगुरो टिप्न गएका दम्पतिको नारायाणीमा डुबेर मृत्यु

निगुरो टिप्न गएका दम्पतिको नारायाणीमा डुबेर मृत्यु

राजु सुवेदी ‘कल्पित’

@Public 4K Tv

२०८० जेठ १ गते सोमबार १०:२२

मध्यविन्दुको नन्दपुरबाट निकुञ्जमा निगुरो टिप्न जादा नदिले बगाएको दम्पतिको शव गएराती करिब ८ बजे फेला परेको उनले जानकारी दिए ।

नवलपुर

निगुरो टिप्न गएका बोटे दम्पत्तिको नारायाणी नदीमा डुबेर ज्यान गएको छ ।

नारायणी नदी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाने क्रममा नदिमा डुबेर मध्यविन्दु नगरपालिका– २ कोल्हुवाका ५५ वर्षिय सोमबहादुर बोटे र उनकी श्रीमति ४५ वर्षिया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

मध्यविन्दुको नन्दपुरबाट निकुञ्जमा निगुरो टिप्न जादा नदिले बगाएको दम्पतिको शव गएराती करिब ८ बजे फेला परेको उनले जानकारी दिए । बोटे दम्पत्तिको शव अहिले पोष्टमार्टमको लागि मध्यबिन्दु जिल्ला अस्पताल लगिएको छ ।

प्रकाशित मिति २०८० जेठ १ गते सोमबार १०:२२
हजुरको प्रतिक्रिया