२०८३ साउन २१ गते बिहीबार

बजेटको तयारीमा गण्डकी

बजेटको तयारीमा गण्डकी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ १ गते सोमबार १०:२९

फजुल खर्चमा कठोर भएर आर्थिक अनुशासन कायम गर्न लागि पर्ने अर्थमन्त्री आलेको योजना छ ।

पोखरा

गण्डकी प्रदेशका नवनियुक्त अर्थमन्त्री जितप्रकाश आलेले बजेट निर्माणको तयारी थालेका छन् । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार २९ गते नियुक्त गरेका अर्थमन्त्री आलेले मन्त्रालयबाट अहिलेको आर्थिकस्थितिका बारेमा बिफ्रिङ लिएका छन् ।

अर्थमन्त्री आलेले पहिलेभन्दा केन्द्रबाट आउने अनुदानको सिलिङ पनि घटेर आएको र राजश्व पनि कम उठ्ने अनुमान गरिएकाले बजेट पहिलेभन्दा घट्ने बताए । यसअघि कृष्णचन्द्र नेपाली पोखेरेल सरकारका अर्थमन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९\०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएका थिए ।

आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि ३२ अर्बको हाराहारीमा बजेट आउने अनुमान गरिएको अर्थमन्त्री आलेले जानकारी दिए । बजेटका निर्माणका लागि मन्त्रालयगत सिलिङको तयारी भइरहेकोे र सोमबारबाटै बजेट निर्माणबारे छलफल सुरु हुने उनले बताए । ‘बजेट निर्माणका लागि छलफल र चरणका सूची नै तयार पारेर अगाडि बढ्नेछु’, उनले भने ।

मुख्यमन्त्री पाण्डेको सहकार्यमा विषयविज्ञसँग पनि छलफलको तयारी भएको उनले बताए । राजश्वको दरभन्दा पनि दायरा बढाउने गरी तयारी थालिएको उल्लेख गरे ।

फजुल खर्चमा कठोर भएर आर्थिक अनुशासन कायम गर्न लागि पर्ने अर्थमन्त्री आलेको योजना छ ।

प्रकाशित मिति २०८० जेठ १ गते सोमबार १०:२९
हजुरको प्रतिक्रिया