काठमाडौं
संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।
प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने कानुनी व्यवस्था रहेको छ । यही व्यवस्थाअनुसार प्रचण्डले आज सांसदसँग प्रश्नोत्तर गर्न लागेका हुन्।
संसदको पहिलो एक घण्टा प्रधानमन्त्रीले जवाफ दिनेछन् । संसदमा महिनाको पहिलो साता प्रश्नोत्तर राख्ने समझदारी गत आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता केपी शर्मा ओलीले विशेष समय लिएर बोल्ने छन् ।
प्रकाशित मिति २०८० जेठ ४ गते बिहीबार ०७:०३