२०८३ साउन २१ गते बिहीबार

तीन महिना सडक खन्न रोक

तीन महिना सडक खन्न रोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २५ गते बिहीबार ०८:५४

सूचनालाई वेवास्ता गरी सडक खनिए कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

पोखरा

सरकारले वर्षायाममा तीन महिना सडक खन्न रोक लगाएको निर्णय गरेको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आज सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्नका लागि अनुमति नदिइने जानकारी गराएको छ ।

बर्खामा सडक खन्दा सडक झनै बिग्रिने र भुक्षयको समेत जोखिम पनि हुने हुनाले तीन महिना रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ । सूचनालाई वेवास्ता गरी सडक खनिए कारवाही गरिने कार्यालयले चेतावनी दिएको छ ।

 

प्रकाशित मिति २०८० जेठ २५ गते बिहीबार ०८:५४
हजुरको प्रतिक्रिया