२०८३ साउन २१ गते बिहीबार

मनसुन जन्य विपतबाट बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान

मनसुन जन्य विपतबाट बर्खामा साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० जेठ २९ गते सोमबार ०८:१६

गण्डकीमा ६९ हजार ७ सय ४४ जना प्रभावित हुने अनुमान । गण्डकीका बागलुङ, तनहुँ, स्याङजा जिल्ला पहिरोको उच्च जोखिममा ।

गण्डकीमा ६९ हजार विपतकाे जोखिममा

पोखरा

नेपालमा अबको केही दिनमा मनसुन भित्रिदै छ । मौसमविदका अनुसार बुधबारसम्म मनसुन भित्रिएर पानी पर्न थालेपछि विस्तारै गर्मी कम हुने अनुमान गरिएको छ । मनसुन भित्रिएसँगै नेपालमा भारी वर्षा हुने गर्दछ । सरकारले आगामी बर्खामा बाढी, पहिरो र भारी वर्षा लगायत मनसुनजन्य विपत्बाट साढे १२ लाख नागरिक प्रभावित हुने अनुमान गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले २ लाख ८६ हजार घरपरिवारका प्रभावित हुन सक्ने निष्कर्ष निकालेको हो । मन्त्रयालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८० पनि स्वीकृत गरेको छ ।

गण्डकीमा ६९ हजार ७ सय ४४ जना प्रभावित हुने अनुमान गरिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । गण्डकीका बागलुङ, तनहुँ, स्याङजा जिल्ला पहिरोको उच्च जोखिमा रहेका छन् ।

मन्त्रालयका अनुसार पूर्वसूचना तथा पूर्वकार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्दार सवारी तथा ‘ए क्लास’ एम्बुलेन्स खरिद गरी सातवटै प्रदेश एक–एकवटा रहने व्यवस्था मिलाइएको छ । गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी कार्ययोजनालाई कार्यन्वयन गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति २०८० जेठ २९ गते सोमबार ०८:१६
हजुरको प्रतिक्रिया