२०८३ साउन २१ गते बिहीबार

पाँचथरमा बाढीले बगाएर ६ जना बेपत्ता

पाँचथरमा बाढीले बगाएर ६ जना बेपत्ता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार ३ गते आइतबार ०८:३५

बेपत्ता भएका एक जनाको पहिचान खुल्न बाँकी रहेको छ ।

पाँचथर

बाढीले बगाएर पाँचथरमा ६ जनाको बेपत्ता भएका छन् । बाढीले बगाउँदा हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, माझीटारका २८ वर्षीय आशिष माझी र सोही ठाउँकी २५ वर्षीया एलिसा माझी बेपत्ता छन्।

त्यसैगरी फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बु, फिदिम –५ का ५५ वर्षीय राजकुमार राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बेपत्ता भएका एक जनाको पहिचान खुल्न बाँकी रहेको छ । बाढीले हेवा खोलामा रहेका तीन वटा पक्की पुल र झोलुंगे पुल पनि बगाएको छ ।

प्रकाशित मिति २०८० असार ३ गते आइतबार ०८:३५
हजुरको प्रतिक्रिया