संखुवासभा
संखुवसभामा बाढीले ७ घर बगाएको छ । सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयले जानकरी दिएको छ ।
प्रहरीका अनुसार गएराति अविरल वर्षासँगै हेवा खोलामा आएको बाढीले किनारका सात घर बगाएको छ । बाढीले बगाएका एक मजदुरको शव खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान हुन बाँकी छ ।
बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमो क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ ।
प्रकाशित मिति २०८० असार ३ गते आइतबार ०८:४५