पोखरा
पृथ्वीराजमार्गको मुग्लिन पोखरा विस्तारको काममा खटिएका मजदुरको पहिरोमा एक जनाको मजदुरको मृत्यु भएको छ । सोमबार साँझ राजमार्ग अन्तर्गत तनहुँको म्याग्दो गाउँपालिका– १ माथिल्लो गुणादीमा सडक माथिबाट पहिरो खसेको थियो ।
सडकको छेउमा पर्खाल लगाइरहेका मजदुर पहिरो खसेपछि पुरिएर ३ जना घाईते भएको थिए ।
पहिरोमा पु्रिएका झापाको शिवशताक्षी नगरपालिका–७ का ३३ वर्षीय भिम भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना डिएसपी अधिकारी मोहनबहादुर खाँणले बताए । ‘उद्धार गरेर दमौलीको रत्नहरि अस्पताल पु¥याएका थियौं । उपचारको क्रममा मृत्यु भएको हो’, उनले भने ।
घाईते शिवशताक्षी नगरपालिका–७ का ४५ वर्षीय कृष्ण लिङदेलको दमौलीको रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उदयपुरको कटारी नगरपालिका–७ का ४० वर्षीय बलबहादुर राइको थप उपचारका लागि पोखरा रिफर गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति २०८० असार ५ गते मंगलबार ०७:१८