ओखलढुंगा
ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा पहिरो जाँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ८ स्थित जनजाति बस्तीमा हिजो राति ११ बजे पहिरो जाँदा रणबहाुदर गुरुङसहित ४ जनाको मृत्यु भएको प्रहरीको बताएको छ ।
प्रहरीका अनुसार ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया, छोरा १० वर्षीय दिनेश र छोरी डेढ वर्षीया कविताको मृत्यु भएको हो ।
घटनाबारे जानकारी पाए लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा शव निकाल्न र उद्धारमा खटिएका छन् । २०७२ सालको भूकम्पका कारण बस्तीमाथिको डाँडोमा धाँजा फाटेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
प्रकाशित मिति २०८० असार ८ गते शुक्रबार ०८:२०