पोखरा
गत वैशाखदेखि अहिलेसम्म देशभर बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । घटनामा २६ जना अझै बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाकारी दिएको छ । प्राधिकरणका अनुसार बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
प्राधिकरणले दिएको जानकारी अनुसार बाढी पहिरोका घटनामा ५ सय २१ परिवार प्रभावित भएका छन् । बाढी र पहिरोले संखुवासभा, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा जनधनको क्षति धेरै भएको छ ।
अबको ३ दिनसम्म मनसुन सक्रिय रहने र देशका अधिकांश ठाउँमा पानी पर्ने भएकाले भिरालो जमीन र तटीय क्षेत्रमा बसेकाहरु सचेत रहन मौसमविदले आग्रह गरेका छन् । यसपालिको बर्खामा देशभर करिब १२ लाख नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुने प्राधिकरणले अनुमान गरेको छ ।
प्रकाशित मिति २०८० असार ९ गते शनिबार ०८:४४