२०८३ साउन २१ गते बिहीबार

दुर्घटनाग्रस्त भेटियो मनाङ एयरको हेलिकप्टर

दुर्घटनाग्रस्त भेटियो मनाङ एयरको हेलिकप्टर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २६ गते मंगलबार १२:३८

पोखरा मंगलबार बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा...

पोखरा

मंगलबार बिहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो ।

लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका प्रहरीले जानकारी दिएका छन् ।

उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए ।

प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।

प्रकाशित मिति २०८० असार २६ गते मंगलबार १२:३८
हजुरको प्रतिक्रिया