२०८३ साउन २१ गते बिहीबार

शुक्रबार गण्डकीमा सार्वजनिक विदा

शुक्रबार गण्डकीमा सार्वजनिक विदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असार २६ गते मंगलबार ०६:५६

पोखरा आदिकवि भानु जयन्तीका दिन (असार २९ गते) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक सूचना जारी गरी भानु जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो...

पोखरा

आदिकवि भानु जयन्तीका दिन (असार २९ गते) गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार एक सूचना जारी गरी भानु जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको चैत ८ गते बसेको मन्त्रिपरिषद् बैठकले भानु जयन्तीका दिन बिदा दिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिएको छ ।

तनहुँको हालको भानु नगरपालिका ४, चुँदीरम्घामा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तको मृत्यु विसं. १९२५ गते निधन भएकाे थियो ।

भानुभक्तले वाल्मिकी रामायणलाई अनुवाद गरेका छन् ।

हेर्नुहाेस् सूचनाः

May be an image of text that says 'गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरा, नेपाल। পुজमत दोखरा, विषय:- सार्वजनिक विदा सम्बन्धमा। मिति २०5०।०३।२६ गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०७९।१२।०६ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक विदा सम्बन्धी सूचना बमोजिम मिति २०१० साल असार २९ गते शुक्रवारका दिन भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशका सवै सरकारी कार्यालय, शैक्षिक संस्था सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा रहेको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ...010312६ Lpd (सुरण प्रसाद शर्मा पौडेल) उपसचिव'

प्रकाशित मिति २०८० असार २६ गते मंगलबार ०६:५६
हजुरको प्रतिक्रिया