२०८३ साउन २१ गते बिहीबार

पत्रकार ज्ञवालीको मृत्यु

पत्रकार ज्ञवालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २० गते शनिबार ११:५३

केही दिनयता बिरामी परेका उनी उपचारको लागि बुटवल गएका थिए ।

अग्रज पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ ।

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा शुक्रबार बेलुकी उपचारको क्रममा निधन भएको हो ।

केही दिनयता बिरामी परेका उनी उपचारको लागि बुटवल गएका थिए ।

गुल्मीबाट पत्रकारिता सुरु गरेका ज्ञवाली धेरै वर्ष पोखरामा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेका थिए ।

उनी पुनः गुल्मी फर्केर केही वर्षयता ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गर्दै आएका थिए ।

उनी रुरुस्थित घरमा एक्लै बस्दै आएका थिए ।

उनको परिवार भने पोखरामा छ ।

प्रकाशित मिति २०८० साउन २० गते शनिबार ११:५३
हजुरको प्रतिक्रिया