२०८३ साउन २१ गते बिहीबार

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

बंगलादेशी नागरिकहरुलाई बन्धक बनाइ फिरौती असुल्नेहरु पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० साउन २८ गते आइतबार ०४:५०

बङ्लादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्लादेशी र नेपाली गरी सात जनालाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पोखरा

बङ्लादेशी नागरिकलाई वैदेशिक रोजगारका लागि नेपाल हुँदै विभिन्न देश पठाइदिने आश्वासन देखाई काठमाण्डाैमा बन्धक बनाउने गिरोहका सात जना प्रक्राउ परेका छन् ।

बङ्लादेशी नागरिकलाई बन्धक बनाई उनीहरूको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बङ्लादेशी र नेपाली गरी सात जनालाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस्तै कार्यालयले बन्धक बनाइएका छ जना बङ्लादेशी नागरिककाे उद्धारसमेत गरेको छ ।

गिरोहले वैदेशिक रोजगारीमा लैजाने भन्दै बङ्लादेशबाट नेपाल ल्याई काठमाण्डाैका विभिन्न ठाउँमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो । पक्राउ पर्नेहरूमा बङ्लादेशकाे गाजीपुरका ४७ वर्षीय अमिर हुसेन, बङ्लादेशकाे बरिसालका ३७ वर्षीय एमडी मोसिउर, ललितपुरकाे हरिसिद्धि बस्ने बङ्लादेशी नागरिक ३८ वर्षीय सलिम मियाँ, सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–६ की २७ वर्षीया तारा नेपाली, बङ्लादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाण्डाैकाे हाडीगाउँ बस्ने बङ्गलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलामकाे चुलाचुली गाउँपालिका–४ की ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा सङ्गठित अपराध निवारण ऐन २०७० बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि आइतवार प्रहरी परिसर काठमाण्डाै पठाइएको वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले जानकारी दिए ।

प्रकाशित मिति २०८० साउन २८ गते आइतबार ०४:५०
हजुरको प्रतिक्रिया