पोखरा
फेवातालको सिरान हर्पनखोलामा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
घाटीछिनास्थित हर्पनखोलाको सिल्टेसन ड्याममा आन्दाजी ६५ वर्षीय पुरुषको शव तैरिरहेको अवस्थामा फेला परेको हो ।
उक्त शव पोखरा–२३ सिदानेका देउबहादुर नेपालीको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार उनी केही दिनदेखि वेपत्ता थिए । ड्याममा शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
उनको शब निकालेर प्रहरीले पोष्टमार्टमा लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८० साउन ३१ गते बुधबार ०७:४५