२०८३ साउन २१ गते बिहीबार

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० पुग्यो

श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १ गते शुक्रबार १२:१९

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम बढेको तलब साउन १ गतेदेखि नै लागू हुने जानकारी दिएको छ ।

पोखरा

श्रमिकहरुको न्यूनतम पारिश्रमिक बढेको छ । साउन १ गतेदेखि नै लागू हुने गरी सरकारले श्रमिकहरुको पारिश्रमिक बढाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुगेको जनाएको हो ।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम बढेको तलब साउन १ गतेदेखि नै लागू हुने जानकारी दिएको छ । आधारभूत पारिश्रमिक १० हजार ८ सय २० छ ।

महंगी भत्तासहित १७ हजार पुगेको जनाइएको छ । यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रहेको थियो ।

दैनिक पारिश्रमिक ६ सय ६८ रूपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ तोकिएको छ । आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको राजपत्रमा उल्लेख छ ।

प्रकाशित मिति २०८० भदौ १ गते शुक्रबार १२:१९
हजुरको प्रतिक्रिया