२०८३ साउन २१ गते बिहीबार

तडकभडकसहित तीज नमनाउन कास्की प्रशासनको आग्रह

तडकभडकसहित तीज नमनाउन कास्की प्रशासनको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० भदौ १३ गते बुधबार ११:१८

पोखरा नेपाली हिन्दु महिलाहरुले मनाउँदै आएको हरितालिका तीज तडकभडकबिना मनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक सूचना जारी गरी तीजको नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्किला कार्यक्रम...

पोखरा

नेपाली हिन्दु महिलाहरुले मनाउँदै आएको हरितालिका तीज तडकभडकबिना मनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार एक सूचना जारी गरी तीजको नाममा परम्परा र रितिरिवाज बाहिर रहेका तडकभडक, भड्किला कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

केही वर्षयता तीज पर्वको नाममा विभिन्न तडकभडकसहित अत्यन्त खर्चिलो कार्यक्रम गरिँदै आइएको र त्यसले गर्दा विकृतिसहित सामाजिक अपराधलाई पनि प्रोत्साहन पुगेको प्रशासनको ठहर छ ।

‘तीजको अवसरमा सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव जिल्ला प्रशासनको पूर्व स्वीकृतिबिना आयोजना नगर्नुहुन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

सूचनालाई अटेर गरी गतिविधि जात्रा, मेला, महोत्सव, पार्टी जस्ता कार्यक्रमहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने प्रशासनले मंगलबार जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति २०८० भदौ १३ गते बुधबार ११:१८
हजुरको प्रतिक्रिया