पोखरा
पोखरामा मंगलबार पनि बाघाजात्रा देखाइएको छ । पोखराको विभिन्न क्षेत्रमा बाघजात्रा देखाइएको हो ।
डोलीमा रानी, घोडामा सवार राजा अघिपछि सेना, प्रहरीसँगै प्रधानमन्त्री, मन्त्री, यमराज, ज्यासीन्यासी, ढेके ग्वाँरा र बाघ जात्रामा सरिक भए ।
जात्रामा तायाः मचा, कुमारी, लाखे र घोडा नाचसमेत देखाइयो ।
मंगलबार भिमसेन मन्दिरबाट निस्किएको जात्रा गणेशटोल, बगालेटोल, सिमलचौर, सृजनाचोक, पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, तेर्सापट्टि हुँदै भिमसेन मन्दिरमा पुगेर सकिएको बाघजात्रा आयोजक समितिका सचिव सुनिल उलकले बताए ।
उनका अनुसार बुधबार पोखरा रंगशालामा बाघ मारेर जात्रा सकिनेछ । पोखरामा २३ वर्षपछि सोमबारदेखि जात्रा सुरु भएको हो ।
परापूर्वकालमा जनतालाई दुख दिएको हिसंक्र बाघ मारेको खुशियालीमा बाघजात्रा निकालिने उलकले बताए ।
बाघजात्रालाई महाजात्रा समेत भनिन्छ । जनैपूर्णिमादेखी कृष्णजन्माष्टमीसम्म निकालिने जात्रा र नाँच बाघाजात्रामा समेटिने जानकारहरु बताउँछन् ।
प्रकाशित मिति २०८० भदौ १९ गते मंगलबार ०७:०२