पोखरा
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति अन्तर्गतको विपी स्मृति पुस्तकालयले प्रदेशका ११ जनालाई सम्मान गर्ने भएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने गण्डकीका जिल्लाबाट १/१ जनालाई सम्मान गर्न लागिएको पुस्तकालयका कोषाध्यक्ष एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।
उनका अनुसार मुस्ताङबाट सुवर्ण विष्ट, म्याग्दीबाट अजयमिलन श्रेष्ठ, बाग्लुङबाट कुलराज गौतम, कास्कीबाट नन्दादेवी गुरुङ, स्याङजाबाट खगेन्द्रराज रेग्मी, नवलपुरबाट दुलारे महतो, गोरखाबाट चन्द्रप्रकाश न्यौपाने, मनाङबाट कोमल घले, लम्जुङबाट पृथ्वीलाल गुरुङ र तनहुँबाट जीवनध्वज गुरुङ सम्मानित हुनेछ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका लागि पुर्याएकाे योगदानको कदर गर्दै सम्मान गर्न लागिएको बरालको भनाइ छ । आइतबार नेपाली काँग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले उनीहरुलाई सम्मान गर्नेछन् ।
प्रकाशित मिति २०८० भदौ २३ गते शनिबार ०२:१०