२०८३ साउन २१ गते बिहीबार

नेपालको २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य पूरा हाेला त ?

नेपालको २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य पूरा हाेला त ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज ११ गते बिहीबार ०२:०७

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९–८०को तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट ७५ हजार पाँच सय ६२ जना र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।

पाेखरा

आज  विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिन्छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउने उदेश्यले  मनाईन्छ ।

ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको  दिवसको रुपमा मनाउन थालेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ ।

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९–८०को तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट ७५ हजार पाँच सय ६२ जना र नौ हजार नौ सय २१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ ।

प्रकाशित मिति २०८० असोज ११ गते बिहीबार ०२:०७

हजुरको प्रतिक्रिया