<span;>पोखरा
<span;>तनहुँको मौरीबजारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
<span;>म्याग्दे गाउँपालिका-६ तुरतुरे मौरीबजारमा विहान ५ बजेतिर पहिरो खसेको हो ।
<span;>पहिरोले दुइतर्फी नै सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए ।
<span;>`विहानैदेखी पहिरो हटाउने काम भैरहेको छ । ठुलो पहिरो खसेकाले सकिएको छैन´, उनले भने, `अझै एक घण्टा बढी लाग्छ ।´
<span;>सुख्खा पहिरो खसेको उनले जानकारी दिए । पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि फराकिलो बनाइएको स्थानमा सडक माथी जंगलबाट पहिरो खसेको हो ।
प्रकाशित मिति २०८० असोज २१ गते आइतबार ०८:३७