२०८३ साउन २१ गते बिहीबार

खुल्न थाल्यो थुनिएको किम्रोङ, तत्कालाई ठूलो क्षति टर्‍याे !

खुल्न थाल्यो थुनिएको किम्रोङ, तत्कालाई ठूलो क्षति टर्‍याे !

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २१ गते आइतबार ०१:२७

‘म आफैं किम्रोङको थुनिएको ठाउँ पुगेर आएँ । ठूलै ताल बनेको रैछ । त्यो एकैचोटि खुलेको भए तलका बस्तीलाई ठूलै क्षति पु¥याउँथ्यो,’ अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भने, ‘अहिले विस्तारैविस्तारै आफैं खुल्दै गएको छ ।’

पोखरा

करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी विस्तारैे खुल्न सुरु गरेको छ ।

लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेकोे स्थानीयले बताएका छन् ।

खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो ।

अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुन बाट जोगिएको जानकारी दिए ।

‘म आफैं किम्रोङको थुनिएको ठाउँ पुगेर आएँ । ठूलै ताल बनेको रैछ । त्यो एकैचोटि खुलेको भए तलका बस्तीलाई ठूलै क्षति पु¥याउँथ्यो,’ अन्नपूर्ण ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भने, ‘अहिले विस्तारैविस्तारै आफैं खुल्दै गएको छ ।’

लामो समय रोकिएको खोला बग्दा मोेदी खोलालाई सामान्य असर पारेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

‘मोदी खोलामा भेल बाढी त बगेकोे छ । तर, किम्रोङबाट विस्तारै पानी खुल्ने क्रम रहेकाले त्यस्तो ठूलो असर नगर्ला !’ उनले भने ।

घान्द्रुकका राजु गुरुङका अनुसार किम्रोङ खोलामा पहिरो गएर करिब ११ वर्ष पहिले पनि त्यसरी नै खोला थुनिएको थियो ।

प्रकाशित मिति २०८० असोज २१ गते आइतबार ०१:२७
हजुरको प्रतिक्रिया