२०८३ साउन २१ गते बिहीबार

इजरायलमा रहेका २५३ जना नेपाली लिएर उड्याे नेपाल एअरलाइन्सको जहाज

इजरायलमा रहेका २५३ जना नेपाली लिएर उड्याे नेपाल  एअरलाइन्सको जहाज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २५ गते बिहीबार ०६:०२

पाेखरा युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् । नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् । नेपाली बोकेर इजरायलबाट उडेको विमान बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण...

राती साढे १ बजे जहाज काठमाडौंमा अवतरण हुने

पाेखरा

युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली घर फर्किएका छन् ।

नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन् ।

नेपाली बोकेर इजरायलबाट उडेको विमान बिहीबार राति साढे १ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीबार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन् ।

नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन् ।

त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति २०८० असोज २५ गते बिहीबार ०६:०२
हजुरको प्रतिक्रिया