२०८३ साउन २१ गते बिहीबार

चाडपर्वलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्थामा कडाइ

चाडपर्वलाई लक्षित गरी कास्कीमा सुरक्षा व्यवस्थामा कडाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० असोज २७ गते शनिबार ०७:१७

पाेखरा चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार...

पाेखरा

चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए ।

उनका अनुसार कास्कीका विभिन्न स्थानमा सुरक्षाकर्मीहरुलाई खटाइएको छ ।

चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको पनि उनले जानकारी दिए ।

उनले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागु औषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको बताए ।

प्रकाशित मिति २०८० असोज २७ गते शनिबार ०७:१७
हजुरको प्रतिक्रिया