पोखरा
पोखरासहित देशको मौसम आज पनि सामान्यतया सफा रहने अनुमान गरिएको छ । नेपालको पश्चिमी भेगमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पहाडी क्षेत्रमा आंशिक बदली र देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ । मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाशको ८ भागमध्ये ३ देखि ४ भागसम्म अर्थात् २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादल लाग्नु हो । यस्तो अवस्थामा दिनमा बादल लागे पनि घाम देखिएको हुन्छ ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । यस क्रममा दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।राति भने देशको पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रकाशित मिति २०८० कात्तिक ८ गते बुधबार ०८:००