२०८३ साउन २१ गते बिहीबार

पूर्णिमाको दिन चन्द्रग्रहण लाग्दै

पूर्णिमाको दिन चन्द्रग्रहण लाग्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १० गते शुक्रबार ०८:०३

यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

पोखरा
आश्विन शुक्ल पूर्णिमामा शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि सुरु हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चांग) मा उल्लेख छ ।

ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको समितिको भनाइ छ । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको छ ।

चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ ।

प्रकाशित मिति २०८० कात्तिक १० गते शुक्रबार ०८:०३
हजुरको प्रतिक्रिया