२०८३ साउन २१ गते बिहीबार

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १० गते शुक्रबार ११:२३

मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

पोखरा

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार विहान घाँस काट्ने क्रममा नदीपूरस्थित भीरबाट लडेर घाइते भएका हुन् ।

उनको उद्धार गरेर उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनका अनुसार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । टाउकोमा रगत जमेको उनी निकट स्रोतले जनाएको छ ।

उनि अभिनित फिल्म ‘भष्मे डन’ यतिबेला प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति २०८० कात्तिक १० गते शुक्रबार ११:२३
हजुरको प्रतिक्रिया