२०८३ साउन २१ गते बिहीबार

पाेखरा नगर बस दुर्घटना: तीन जनाकाे अवस्था गम्भीर

पाेखरा नगर बस दुर्घटना: तीन जनाकाे अवस्था गम्भीर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १२ गते आइतबार ०३:५०

ती मध्ये तीन जनाको अवस्था भने गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ । 

पोखरा

पोखराको छोरेपाटनबाट विश्व शान्ति स्तुप जाँदै गरेको नगर बस घैयाखेतमा दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।

दिउँसो पौने १ बजे भएको दुर्घटनामा नगरबस सडकबाट करिब २० मिटर तल खसेको थियो । ग १ ख ८५८५ नम्बरको नगर बसमा ३५ जना यात्रु सवार थिए ।

घाइतेहरुको तत्काल उद्धार गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता श्रवण कुमार वि.कले जानकारी दिए ।

घाइते भएका २८ जनाको अवस्था सामान्य छ भने ७ जनालाइ चिकित्सककाे राेहवरमा राखिएको छ । ती मध्ये तीन जनाको अवस्था भने गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ ।

चालक तनहुँका ३० वर्षीय रमेश विकलाई नियन्त्रणमा लिइसकिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी रमेश श्रेष्ठले बताए ।

प्रकाशित मिति २०८० कात्तिक १२ गते आइतबार ०३:५०
हजुरको प्रतिक्रिया