२०८३ साउन २१ गते बिहीबार

भूकम्प प्रभावित क्षेत्रमा ‘भीआइपी भिजिट’ होइन, उद्धारलाई प्राथमिकता दिइयोस्ः गगन थापा

भूकम्प प्रभावित क्षेत्रमा ‘भीआइपी भिजिट’ होइन, उद्धारलाई प्राथमिकता दिइयोस्ः गगन थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार १०:११

पोखरा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित कर्णाली प्रदेशको राहत तथा उद्धारमा गम्भीर भएर लाग्न आग्रह गरेका छन् । उनले ३ वटै सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभावित स्थलमै पुगिसकेकाले उद्धारमा...

पोखरा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित कर्णाली प्रदेशको राहत तथा उद्धारमा गम्भीर भएर लाग्न आग्रह गरेका छन् ।

उनले ३ वटै सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभावित स्थलमै पुगिसकेकाले उद्धारमा ध्यान दिन आग्रह गरेका हुन् ।

शनिबार पोेखरामा पत्रकारहरुसँग कुरा गर्र्दै महामन्त्री थापाले प्रदेश सरकारले आफ्नोे औचित्य पुष्टि गर्दै भूमिका देखाउनुपर्ने बेला आएकोे बताए ।

‘प्रधानमन्त्री पुग्ने कुरा एकदम ठीक हो । त्यो सँगसँगै सबैकुरा परिचालित होस्।’ उनले भने, ‘कहिलेकाहीं यस्तोबेलाको हाम्रो अनुभव के छ भने प्रधानमन्त्री पुगिसक्नुभो । अलि पछाडि मन्त्रीहरु पुग्ने, प्रदेशको पनि पुग्ने सबै पुग्ने हुन्छ ।’

थापाले अगाडि भने, ‘मान्छेमात्रै पुग्ने त्यतातर्फ ध्यान बढी गयो भने त्यसले त्यहाँको सुरक्षा व्यवस्थापनदेखि सबै कुराको ध्यान भीआइपी भिजिट म्यानेजमेन्टतर्फ मोडिन्छ । प्रधानमन्त्री जानु भनेको यो देशको सबै सरकारको एउटा प्रतिनिधि जानु हो । सकियो, अब तल कामहरु हुनुप¥यो ।’

कर्णाली तथा सुदूरपश्चिम भूकम्पको जोखिममा रहेको यसअघिबाटै विभिन्न अध्ययन तथा तथ्यांकले देखाइरहेकाले सचेत हुनेबेला आइसकेको थापाको भनाइ थियो ।

अहिलेकोे संकेतलाई बुझ्न नसके भविष्यमा झनै ठूलो विपद् पनि व्यहोर्नुपर्ने उनको चेतावनी थियो ।

‘आजको भूकम्पले धेरै संकेत गरिसकेको छ । यस्तो भूकम्पको घटनाले हामीलाई एकछिन सीप सिकाउँछ, तुरुन्त बिर्सिन्छौं,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकार मिलेर त्यहाँका जोखिमयुक्त घरहरुकोे पुननिर्माण गर्न यो एउटा संकेत होे । यो संकेतलाई हामीले बुझ्यौं भने भविष्यमा योभन्दा ठूलो क्षतिबाट बच्न सक्छौं ।’

उनले कर्णाली प्रदेशमा रहेका नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई स्थानीयसहित अन्य सरकारलाई मद्दत गर्दै राहत र उद्दारमा जुट्न अपील पनि गरे ।

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार १०:११
हजुरको प्रतिक्रिया