२०८३ साउन २१ गते बिहीबार

भुकम्प प्रभावित क्षेत्रमा गण्डकीले पठायो स्वास्थ्यकर्मीको टोली

भुकम्प प्रभावित क्षेत्रमा गण्डकीले पठायो स्वास्थ्यकर्मीको टोली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० कात्तिक १८ गते शनिबार १२:१६

प्रदेश सरकारले स्वास्थ्य सामग्री सहित ७ जनाको टोली पठाएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

पोखरा

गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली पठाएको छ ।

भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्न डा. विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली गण्डकीले पठाएको हो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउन प्रदेश सरकारले स्वास्थ्य सामग्री सहित ७ जनाको टोली पठाएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिमा भएको ठुलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले जारी गरेको अपिलमा भनिएको छ, ‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघ संस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछौँ ।’

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भुकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुर्ननिर्माणमा कर्णाली प्रदेश सरकारलाई सघाउने बताए । आवश्यक परेको खण्डमा स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मी थप पठाउने गण्डकी प्रदेश सरकारको योजना छ ।

प्रकाशित मिति २०८० कात्तिक १८ गते शनिबार १२:१६
हजुरको प्रतिक्रिया